समयमै निर्माण सम्पन्न नहुँदा ‘फास्ट ट्रयाक’ मा लागत खर्च बढेको बढ्यै

-शारदा पोखरेलकाठमाडौंलाई सिधै मधेससँग जोड्ने सबैभन्दा छोटो दुरीको राष्ट्रिय गौरवको आयोजना काठमाडौ—तराई÷मधेस द्रुतमार्ग निर्माणमा ढिलाई हुँदा लागत खर्च बढ्दै गएको छ ।२०७८ वैशाखभित्र निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने आयोजना ढिलाई हुँदा लागत खर्च बढेर दोब्बरभन्दा माथि पुग्ने अनुमान गरिएको छ । चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७४ वैशाख २१ गते सरकारले द्रुतमार्ग निर्माणको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको हो । आयोजना निर्माणका लागि १ खर्ब ७५ अर्ब लागत लाग्न