एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु, प्रकाश ज्वाला पनि उपस्थित

सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न बोलाइएको बैठकमा सर्वोच्च अदालतले पुनर्बहाली गरेका माधव नेपाल समूहका चार सांसदमध्ये सांसद प्रकाश ज्वाला उपस्थित भएका छन् ।

सम्बन्धित सामग्री

कर्णालीमा एमाले संसदीय दलको बैठक जारी, ज्वाला पनि सहभागी

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको संसदीय दलको बैठक जारी छ । बैठकमा सर्वोच्च अदालतले पद जेगाइदिएका सांसद प्रकाश ज्वाला पनि सहभागी छन् । उनीसँगै सांसद पद जोगिएका कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा भने बैठकमा सहभागी छैनन् । उनीहरु तीनजना सरकारका मन्त्री छन् । ‘फ्लोर क्रस’ गर्दै सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर...

पुनर्बहाली भएका १ सांसदसहित कर्णालीमा एमाले संसदीय दलको बैठक

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका बैठकमा सर्वाेच्च अदालतबाट पुनर्बहाली भएका १ सांसद सहभागी भएका छन् । बैठकमा सांसद प्रकाश ज्वाला सहभागी भएका सांसद सुशील थापाले जानकारी दिए । प्रदेश सरकारमा सहभागी सांसदहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा दलको बैठकमा सहभागी भएनन् । प्रदेश सभाको मंगलवारको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजनिक गर्ने कार्यसूची छ । मंगलवार बिहान दल बैठकमा उपस्थित हुन पत्राचार गरिएको थियो ।

गुटगत निर्णय मान्दैनौं, सरकारको समर्थन फिर्ता गरेका छैनौं: मन्त्री प्रकाश ज्वाला

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ओली समूहले कर्णाली प्रदेशसभा संसदीय दलको बैठक राखेर बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माधव नेपाल पक्षले त्यसप्रति असहमति जनाएको छ।