जसपा मधेश प्रदेशसभा संसदीय दलको नेतामा सरोज यादव चयन

२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन् । सोमबार उनी सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएका हुन् । जसपाको मधेश प्रदेशसभामा १६ सांसद छन् ।