झापा – नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले देश र नागरिकको समृद्धिका लागि काम गर्ने अवसर दिन आग्रह गर्नुभएको छ ।
मङ्सिर ४ गते हुने चुनावका लागि घरदैलो अभियानमा क्रममा आज बिहीवार महामन्त्री शर्माले देश र नागरिकको समृद्धिका लागि प्रतिबद्ध भएकाले मतदान गरेर काम गर्ने अवसर दिन आग्रह गर्नुभएको हो । ‘संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक छ’, उहाँले भन्नुभयो, ‘गठबन्धनका उम्मेदवा...