दुई खर्ब लागतको रासायनिक मल कारखाना स्थापना गर्न ५० लाख बजेट !

११ असार, काठमाडौं । सरकारले आगामी तीन वर्षभित्रै नेपालमा रासायनिक मल कारखाना खोल्ने घोषणा गरेपनि बजेटमा भने कम प्राथमिकता दिएको छ । मल कारखाना स्थापना गर्न झण्डै डेढदेखि दुई खर्ब लगानी अनुमान गरिएको कारखानाका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटबाट जम्मा ५० लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ । रासायिनक मल कारखाना स्थापनाबारे थप अध्ययन […]

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रमः मल कारखाना स्थापना गरिने

काठमाडौँ – सरकारले बहुवर्षीय योजना तयार गरी रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो। स्थानीय तहमा मलको अभाव हुन नदिन जैविक मल कारखाना स्थापनाको कामलाई प्रोत्साहित गर्ने राष्ट्रपति पौडेलले बताए। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व […]

स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन संघर्ष गर्छु: सुवाल

भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले कृषिमा आत्मनिर्भरताको लागि स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन आफूले संघर्ष गर्ने बताएका छन्।...

राजनीतिक दलका घोषणापत्र : प्राथमिकतामा मल कारखाना स्थापना

काठमाडौं :  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि ल्याएको घोषणापत्रमा सबैजसो राजनीतिक दलले कृषि क्षेत्रलाई पनि प्राथमिकता दिएका छन्।दलहरूको मुख्य प्राथमिकतामा परेको छ, रासायनिक मल कारखाना स्थापना। नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी केन्द्र,समाजवादी,राप्रपा नेपालले आफ्नो घोषणापत्रमा परनिर्भरता हटाउन भन्दै रासायनिक मल कारखाना खोल्ने बताएका छन्। नेपाली कांग्रेसले ५ वर्षभित्र कृषि मल कारखाना स्थापना,नगदेबाली र जडिबुटी निर्यात दोब्बर,तरकारी, फलफूल, माछा, मास

रासायनिक मल कारखाना सम्भाव्यता अध्ययनको जिम्मेवारी जर्मन कम्पनीलाई

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने योजना बनेको वर्षौं बितिसकेको छ । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०६८/६९ को बजेटमा मल कारखाना स्थापना गर्ने योजना समेटेदेखि अहिलेसम्म निरन्तर यसको बहस जारी छ । यस अर्थमा नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने भनेर पहिलो योजना बनेको एक दशक पुगेको छ । तर, कारखाना स्थापनाको काम भने जहाँको त्यहीँ छ ।यद्यपि, पछिल्लो समय लगानी बोर्डको नेतृत्वमा यस सम्बन्धी काम अघि बढेको छ । कृषि मन्त्री र अर्थ मन्त्रीले शपथ खाँदैपिच्छे रासायनिक मल कारखाना

रासायनिक मल कारखाना स्थापनामा सरकारकै धारणा अस्पष्ट

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना आयातीत ग्यासको प्रयोग गर्ने गरी वा इलेक्ट्रोलाइसिस प्रविधिबाट स्थापना गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री र ऊर्जामन्त्रीको धारणा बाझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा चैत १७ गते बसेको नेपाल लगानी बोर्डको ५०औं बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि जर्मनीको डाइयाग इन्ड्रस्ट्रिज जीएमबीएचलाई […]

बागमतीमा रासायनिक मल कारखाना खोल्ने

काठमाडौं, माघ १९ । बागमती सरकारले रासायनिक मल कारखाना सञ्चालन गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले प्रदेशका ३ मा मल कारखाना खोल्ने निर्णय गरेको हो । प्रदेशमा तीनवटा रासायनिक मल कारखाना खोल्न आवश्यक प्रक्रियासमेत अघि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका तीनवटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल […]

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

बागमती–बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ । बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा कम्पनीसँग छलफल पनि […]

वाग्मती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

मकवानपुर - वाग्मती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । पछिल्लो पटक बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशभित्रका विभिन्न ठाउँमा तीन वटा रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको हो । वाग्मती प्रदेशका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले थाइल्यान्डकाे एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी दिनुभयो । मल कारखाना खोल्ने विषयमा थाइल्यान्डकाे कम्पनीसँग छलफल पनि भइरहेको उहाँले जानकारी दिनुभयो...

बिजुलीमा आधारित रासायनिक मल कारखाना तत्काल खोल्न असम्भव : लगानी बोर्ड

२१ पुस, काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न प्राकृतिक ग्यास बाहेकको अर्को विकल्प अझै नदेखिएको लगानी बोर्डले जनाएको छ । मल कारखाना चलाउन प्रमुख स्रोत उर्जा बिजुली वा प्राकृतिक ग्यास कुन हुने भन्नेबारे विवाद भइरहेको बेला बोर्डले गरेको अध्ययनमा यस्तो निष्कर्ष बाहिरिएको हो । बिजुलीलाई प्रमुख उर्जा स्रोत मानेर मल कारखाना खोल्न तत्तकाल […]