भोजपुरमा उद्यम गर्ने बढे, ४०३ नयाँ  साना उद्योग थपिए

भोजपुर : जिल्लामा उद्यम गर्नेको संख्यामा वृद्धि भएको छ। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्र ४०३ नयाँ  साना उद्योग तथा फर्म थपिएका छन्।राज्यबाट विभिन्न खालका प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै उद्योग तथा फर्म दर्ता गरेर व्यवसायमा लाग्नेको संख्या बढेको कार्यालयले जनाएको छ। जिल्लाभर हालसम्म तीन हजार १५५ वटा साना तथा घरेलु उद्योग दर्ता भएर सञ्चालनमा छन्।उद्योगमा आवद्ध हुनेलाई लक्ष्य गरी कार्यालयले उद्यमशीलता विकास अन्तर्गत बाँसको फर्निचर बनाउने,  हाउस व