अमेरिका–भारतको 'क्वाड' गठबन्धनविरुद्ध रूस-चीनको 'आरएसडीपी'

एसिया प्रशान्त क्षेत्रमा प्रभुत्व जमाउन क्‍वाड्रिल्याटरल सेक्युरिटी डायलग (क्‍वाड) गठबन्धन बनाएका अमेरिका र भारतलाई चुनौती दिन रूस र चीनले पनि रिजनल सेक्युरिटी डायलग प्लेटफर्म (आरएसडीपी) गठन प्रस्ताव राखेका छन्। चीनको दक्षिणी शहर गुइलिनमा चीनका विदेशमन्त्री वाङ यी र उनका रूसी समकक्षी सर्गेइ लाव्रोभबीच यो गठबन्धन बनाउन सहमति भएको हो।क्षेत्रीय टकराव लिन झुण्ड झुण्ड बनाएको भन्दै दुई देशका विदेशमन्त्रीहरूले अमेरिकामाथि कटाक्ष समेत गरेका छन्। मार्च १२ तारिखमा क्‍वाड शिखर सम