सिक्टा सिँचाइले लिफ्टिङ सिँचाइ योजना पनि सञ्चालन गर्ने

सिक्टा सिँचाइ आयोजनाले बाँकेका केही ठाउँमा लिफ्टिङ सिँचाइको योजना पनि सञ्चालन गर्ने भएको छ । सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा डिभिजनल इन्जिनियर सन्देश पौडेलले बाँकेको राप्तीसोनारी गाउँपालिका–८, बालापुर र वडा नम्बर ९ को ढकेरी तथा वडा नम्बर २ कचनापुर क्षेत्रमा परीक्षण परियोजनाका रूपमा विद्युत्बाट सञ्चालन हुने लिफ्टिङ सिँचाइ योजना निर्माण गरिने बताउनुभयो । उहाँले लिफ्टिङ सिँचाइका लागि ढकेरी र बालापुरमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई काम सुरु हुने चरणमा रहेको र कचनापुरमा केही समयपछि ठेक्का हुने बताउनुभयो ।

सम्बन्धित सामग्री

सिक्टाले लिफ्टिङ सिँचाइ योजना सञ्चालन गर्दै

सिक्टा सिँचाइ आयोजनाले बाँकेका केही ठाउँमा लिफ्टिङ सिँचाइको योजना पनि सञ्चालन गर्ने भएको छ ।

सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

बाँके । नहरबाट सिँचाइ सुविधा हुन नसक्ने क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुर, वडा नं ८ को बालापुर र वडा नं ९ को ढकेरीक्षेत्रमा परीक्षण परियोजनाको रुपमा विद्युत्बाट सञ्चालन हुने लिफ्टिङ सिँचाइको योजना सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले […]