साउन सकिन लाग्दासम्म ८४ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष यति बेलासम्म ९४ प्रतिशत रोपाइँ भइसकेको थियो । अर्थात् गत वर्षको तुलनामा हालसम्म १० प्रतिशत कम रोपाइँ भएको छ । कृषि विभागका अनुसार १४ लाख ८८ हजार हेक्टरमा धान खेती हुन्छन् । त्यसमध्ये साउन २६ सम्म १२ लाख ५४ हजार हेक्टरमा रोपाइँ भएको छ । सात वटै प्रदेशमध्ये सबभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । अन्न भण्डारका रूपमा चिनिएको मधेश प्रदेशमा ६० प्रतिशत रोपाइँ मात्र भएको छ ।