३१ सय २० गणनामा गगनले २ हजार ३७ ल्याउँदा अरूको कति

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ। ३१ सय २० मत गन्दा गगनले २ हजार ३७ मत ल्याएका छन्। यस्तै, विश्वप्रकाश शर्माले १२ सय ५५, प्रकाशशरण महतले १०२४, प्रदीप पौडेल ९३५, डा मीनेन्द्र रिजाल ५४६ र राजाराम कार्कीले ७५ मत ल्याएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए।कडा सुरक्षाबीच कांग्रेस पार्टी कार्यालयमा मतगणना जारी छ। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।