बुद्धभुमि  नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सर्किट, प्रतिकित्ता शेयरमूल्य रू.३१६.५०

माघ ६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३१६ दशमलव ५० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थममा हेर्दा कम्पनीको शेयरमा ४ लाख ५० हजार ६९० कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ।    यो समाचार तयार पार्दाको समयमा १दशमलव ८५ अंक बढेर नेप्से परिसूचक १ हजार ९०० दशमलव १६ मा पुगेको छ ।