‘कबड्डी’ फिल्म छायांकन भएको थलोमा पर्यटकलाई आकर्षित गर्दै मार्फाली

काठमाडौं । छायांकन भएको थलोलाई प्रवर्द्धन गरेर फिल्म पर्यटन गर्ने अभ्यास विश्वव्यापी छ । अमेरिकाको हलिउड, युरोपको फ्रान्स र इटालीसहित विश्वका अन्य मुलुकमा सुटिङ भएको फिल्मकै नामाकरण गरेर पर्यटकलाई तान्ने प्रचलन छ । फिल्म पर्यटनमार्फत स्थानीयको जीवनस्तर उकास्न यस्तो कार्यले ठूलै भूमिका खेलेको छ । मुस्ताङको थाकखोला क्षेत्रस्थित मार्फाका स्थानीयले यस्तै पहल थालेका छन् । […]