कांग्रेसमा देउवाको राजीनामा र विशेष महाधिवेशन सम्भव छ ?

कांग्रेस सहमहामन्त्री भीष्म आङदेम्बे विशेष महाधिवेशन माग गर्नुको प्रस्ट कारण हुनुपर्ने बताउँछन् । ‘कसरी हुन्छ, विशेष महाधिवेशन ? के आधारमा बोलाउने ? कसै व्यक्तिले चाहँदैमा विशेष महाधिवेशन हुन्छ ?' उनले भने ।