२५ ओटा दुग्ध उत्पादक सहकारीमा आवद्ध किसानले पाए अनुदान

असोज २६, लुम्बिनी(रुपन्देही) । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा दुग्ध उत्पादनका आधारमा किसानलाई अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले दुग्ध सहकारीमार्फत किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष ४६ लाख ६ हजार ५६९ रुपैयाँ किसानलाई उपलब्ध गराइएको छ ।  किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत विक्री गरिएको दूधको परिमाणअनुसार हरेक वर्ष अनुदान रकम प्रदान गर्दै आएको नगरप्रमुख वासुदेव घिमिरेले बताए।      सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७७/ ७८ को लेखापरीक्षण प्रतिवेदनका आधारमा २१ ओटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले अनुदान रकम प्राप्त गरेका हुन् । नगरप्रमुख घिमिरेले नगरपालिकाले उपलब्ध गराएको अनुदान रकम किसानको हातसम्म पुर्‍याउन सहकारीका अध्यक्ष तथा व्यवस्थापकलाई आग्रह गरेका छन् । अघिल्लो दुई आर्थिक वर्षमा पनि अनुदान रकम उपलब्ध गराइएको थियो । उत्पादनका आधारमा अनुदान दिंदा साना किसान लाभान्वित हुने भएकाले यो नीति लिइएको बताउँदै नगरउपप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले किसानमुखी अन्य कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिइन् ।            यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं १४ स्थित गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । उक्त केन्द्रले ९ लाख ९४ हजार ६४५ रुपैयाँ, वडा नं १४ कै टिकुलिगढ दुग्ध उत्पादक सहकारीले ५ लाख ६६ हजार १०१ रुपैयाँ, वडा नं १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ५ हजार ९४४ रुपैयाँ, वडा नं ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ३ लाख ९ हजार ५७५ रुपैयाँ प्राप्त गरेको छ ।             गत वर्ष नगरपालिकाले ४५ लाख ९८ हजार ८२१ रुपैयाँ अनुदान वितरण गरेको थियो । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक १ करोड लिटर दूध उत्पादन हुने गरेकामा त्यसको झण्डै आधा दूध सहकारीमार्फत विक्री वितरण हुँदै आएको छ । दुग्ध उत्पादक सहकारी सङ्घका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले सिधै किसानको हातमा रकम जाने यो अनुदान कार्यक्रम सबैका लागि अनुकरणीय रहेको जानकारी दिए। यस्तै शङ्करनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर भण्डारीले किसानको हातमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए । रासस  

सम्बन्धित सामग्री

दूध उत्पादक किसानलाई अनुदान वितरण

काभ्रे- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका किसानलाई दूध उत्पादन परिमाणका आधारमा अनुदान वितरण गरिएको छ । दूध उत्पादन र बजारीकरण गर्दै आएका जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था, दूधको कारोबार गर्ने कृषि, बहुमखी र बहुद्देश्यीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकमअन्तर्गत बेथानचोकका किसानलाई अनुदान वितरण गरेका हुन् । आधुनिक कृषि सहकारी संस्थाले […]

कालिकाका दुग्ध उत्पादक किसानलाई अनुदान

चितवन । चितवनको कालिका नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहन स्वरूप ३४ लाख ४७ हजार ६९३ रुपैयाँ अनुदान उपलब्ध गराएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध विक्री गरेका किसानलाई नगरपालिकाले प्रतिलिटर १ रुपैयाँका दरले उक्त अनुदान रकम उपलब्ध गराएको हो । नगरपालिकाका मेयर विनोद रेग्मीले नगरमा दूध उत्पादन वृद्धि गर्न र किसानलाई व्यावसायिक बनाउन अनुदान रकम उपलब्ध गरिएको बताए । अनुदान वितरणबाट नगरका विभिन्न वडामा २ हजार २४७ जना दुग्ध किसान प्रत्यक्ष लाभान्वित भएका छन् । यो वर्ष सहकारी केन्द्रबाट २२ करोड ४१ लाख ४५ रुपैयाँ र निजी क्षेत्रबाट २४ करोड १३ लाख ३८ हजार ५१० रुपैयाँ बराबरको दूध विक्री भएको नगरपालिकाको तथ्यांक छ । सहकारी केन्द्रमार्फत विक्री भएको दूधका आधारमा प्रत्येक किसानलाई प्रतिलिटर १ रुपैयाँका दरले एकमुष्ट अनुदान उपलब्ध गराएको नगरपालिकाका पशु विकास शाखा प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । नगरपालिकाले विगत ४ वर्षदेखि १० हजार लिटरभन्दा धेरै दूध विक्री गर्ने किसानलाई अनुदान दिन शुरू गरेको थियो । दुग्ध विकास संस्थानले निर्धारण गरे बमोजिमको मूल्यमा संकलन केन्द्रमा दूध उपलब्ध गराउने किसानलाई नगरपालिकाले अनुदान दिने गरेको हो ।

ग्लोबल आईएमई बैंक र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच समझदारी

काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेड र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सहकारी संस्थाका तर्फबाट संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरे।

ग्लोबल आइएमई बैंक र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता

ग्लोबल आइएमई बैंक र चितवनस्थित भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारी पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा सहकारीका तर्फबाट अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरेका छन् ।सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले भण्डारालगायत चितवन जिल्लाका विभिन्न स्थानमा उन्नत जातका गाई–भैंसी पालन […]

ग्लोबल आईएमई बैंक र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच समझदारी

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सहकारी संस्थाका तर्फबाट संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरे । सम्झौता अनुसार ग्लोबल आईएमई बैंकले भण्डारा लगायत […]

सहकारीले उद्योग सञ्चालन गर्दै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाले दाना उद्योग सञ्चालन गर्ने भएको छ । गैंडाकोट–११ हर्कपुरमा रहेको सहकारीले एक करोड ९४ लाख ८५ हजार रुपैयाँको लगानीमा उद्योग सञ्चालन गर्न लागेको हो ।कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रिकृत आयोजना सहयोग एकाइ पोखराको ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत […]

१८ लाख अनुदान वितरण

दमौली । तनहुँको बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान बापत रु १८ लाख वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीति बमोजिम गाउँपालिकाले प्रोत्साहन स्वरुप सो रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सोमबार रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी […]

बन्दीपुरमा गाउँपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

तनहुँ, १० साउन: बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान दिने व्यवस्था गरेको हो । गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई […]

बन्दीपुरमा गाउँपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान दिने व्यवस्था गरेको हो ।गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई शनिबार उत्पादनमा आधारित कार्यक्रमअनुरुप अनुदान रकम प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, वडाध्यक्ष भानुभक्त पोख्रेल, दुग्ध उत्पादक

ग्लोबल आइएमई बैंकले चितवनका कृषकहरुलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवाली र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद थपलियाले हस्ताक्षर गरेका छन् ।  सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले भण्डारा लगायत चितवनका विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुुरपालन, माछापालन तथा विभिन्