बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनाउन लगानी सम्झौता

-रमेश लम्सालकरिब दुई हजार मेगावाट बिजुली प्रवाह गर्न सकिने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति जुटेको छ ।  लामो समयदेखि प्रस्तावित भए पनि प्रक्रिया अगाडि बढ्न नसकेको बुटवल गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा दुई पक्षीय सम्झौतामा बुधबार लगानी सम्झौतामा हस्ताक्षर भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।कूल ४०० केभी क्षमताको उक्त प्रसारण लाइन निर्माण गर्ने विषयमा २०७५ असोजमा नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले सहमति जनाए

सम्बन्धित सामग्री

एकैपटक तीन अन्तरदेशीय प्रसारण लाइन बन्दै

नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी एसजेभिएन अरूण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले ढल्केबर–सीतामढी ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम भइरहेको छ।...

नेपाल–बंगलादेश डेडिकेटेड अन्तरदेशीय प्रसारण लाइन बनाइँदै

झापाबाट भारतको सिलगुडी हुँदै बंगलादेशसम्म प्रसारण लाइन बनाउने नेपालको तयारी, नेपाल–बंगलादेश ऊर्जा बैठकमा प्रस्ताव पेस गरिँदै नेपाल र बंगलादेशबीच छुट्टै डेडिकेटेड अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न नेपालले आन्तरिक तयारी अघि बढाएको...

नेपाल–बंगलादेश प्रसारण लाइन बनाउन स्थलगत अध्ययन

नेपाल विद्युत् प्राधिकरणले नेपाल–बंगलादेश अन्तरदेशीय प्रसारण लाइन बनाउन स्थलगत अध्ययन गरेको छ । प्राधिकरणको एक उच्चस्तरीय टोलीले गत शनिबार र आइतबार नेपालको पूर्वी क्षेत्र, भारतको पश्चिम बंगाल राज्यमा स्थलगत अध्ययन...

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन पुरानै रुटबाट बन्ने, इआइए अध्ययन सुरु

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माण पुरानै रुटमा निर्माण हुने भएको छ । जलविद्युत् आयोजनाहरूको सबस्टेसन पुरानै रुटमा रहेकाले आवश्यकताका आधारमा अन्तरदेशीय प्रसारण लाइन निर्माण पुरानै रुटबाट बन्ने रातमाटे–रसुवागढी–केरुङ चार सय केभी...

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन : नेपाल खण्डको निर्माण गर्न १० अर्ब लाग्ने

नेपाल र चीन अर्थात् रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्डको सम्भाव्यता अध्ययन सकिएको छ । नेपाल विद्युत् प्राधिकरणको टोलीले नेपाल खण्डमा बन्ने प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त टोलीले अध्ययन गरेर प्रतिवेदनसमेत प्राधिकरणलाई बुझाइसकेको छ ।नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन आयोजना प्रमुख कोमलनाथ आत्रेयले आयोजनाको सम्भाव्यता अध्ययन सकिएको बताएका छन् । उक्त अध्ययनले नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन बनाउन सम्भव रहेको देखाएको पनि बताए ।&lsqu

रसुवा : निकुञ्ज क्षेत्रबाट अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न सर्भे सुरु

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रबाट चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सर्भे सुरु गरिएको छ । यसअघि वन क्षेत्रबाट सर्भे गरिएको थियो । वन क्षेत्रबाट अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्दा लागत बढ्ने र सामग्री ढुवानीमा समेत समस्या आउने देखिएपछि निकुञ्ज क्षेत्रतर्फ सर्भे थालिएको हो ।  रातमाटे–रसुवागढी–केरुङ ४०० सय केभी प्रसारण लाइन आयोजनाको टोलीले रातमाटेदेखि रसुवागढीसम्म सर्भे गरिरहेका छन् । अहिले १० जनाको टोलीले सर्भेको काम गरिरहेका आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताउनुभयो । ...

बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनाउन लगानी सम्झौता

भदौ २५, काठमाडौं । करीब २ हजार मेगावाट बिजुली प्रवाह गर्न सकिने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारत बीच सहमति जुटेको छ ।            लामो समयदेखि प्रस्तावित भए पनि प्रक्रिया अगाडि बढ्न नसकेको बुटवल गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा दुईपक्षीय सम्झौतामा बुधवार लगानी स्म्झौतामा हस्ताक्षर भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।            कुल ४०० केभी क्षमताको उक्त प्रसारण लाइन निर्माण गर्ने विषयमा २०७५ असोजमा नेपाल र भारतका ऊर्जासचिवस्तरीय बैठकले सहमति बताएको थियो । सो सहमतिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिडले समान लगानी गर्ने सहमति भएको थियो ।            बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौता भएको भारतको राजधानी नयाँ दिल्लीमा रहेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरसेन अफ इण्डिया बीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको उनले बताए ।            सो प्रसारण लाइन अमेरिकी सहयोग परियोजना एमसीसीसँग पनि जोडिन पुगेको छ । काठमाडौंको नाङ्लेभारेबाट शुरु हुने ४०० केभी क्षमताको प्रसारण लाइन बुटवलसम्म पुग्नेछ । बुटवलमा निर्माण हुने ४०० केभी क्षमताको सवस्टेशन भएर सो प्रसारण लाइन भारतको गोरखपुरमा जोडिनेछ । एमसीसी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको क्रममा नै प्रसारण लाइन निर्माणका विषयमा सहमति हुनुलाई जानकारले सकारात्मक परिघटनाको रुपमा टिप्पणी गरेका छन् ।             नयाँदिल्लीमा बुधवार भएको कार्यक्रममा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र पावर ग्रिडकातर्फका कर्यकारी निर्देशक वाइ के दीक्षितले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । मन्त्रिपरिषद्को गत साउन १९ गतेको बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत शेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो ।            सम्झौतामा हस्ताक्षरपछि प्रसारण लाइनअन्तर्गत भारतर्फको खण्ड निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको ५०/ ५० प्रतिशत संस्थापक शेयर रहने गरी संयुक्त कम्पनी स्थापना गर्न बाटो खुलेको कार्यकारी निर्देशिक घिसिङले बताए। उनले प्रसारण लाइन तीनदेखि साढे तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढेको बताए।            बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको लम्बाइ १२० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ २० किलोमिटर पर्छ भने भारतर्फ १०० किलोमिटर पर्छ । नेपाल खण्डको प्रसारण लाइन नेपाल आफैंले र भारतर्फको प्राधिकरण र पावर ग्रिडको ५०÷५० प्रतिशत शेयर स्वामित्वमा स्थापना हुने कम्पनीले निर्माण गर्ने छन् ।            प्रसारण लाइनले करीब २ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले सञ्चालनमा रहेको ढल्केबर– मुजफ्फरपुर पहिलो अन्तरदेशीय ४०० केभी प्रसारण लाइनले भन्दा बुटवल–गोरखपुर प्रसारण लाइनले झण्डै डबल क्षमतामा विद्युत् प्रवाह गर्न सक्ने र यो प्रसारण लाइन दुई मुलुक बीचको विद्युत् व्यापारका लागि लाइफ लाइन हुनेछ ।            नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवको संयन्त्रको २७–२८ असोज २०७६ मा भएको सातौं बैठकले प्रसारण लाइन निर्माणको लगानीस्वरुपलाई टुङ्गो लगाएको थियो । करीब ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा संयुक्त कम्पनीले २० प्रतिशत स्वपुँजीका रूपमा लगानी गर्ने र बाँकी रकम ऋण लिने सहमति छ ।            विद्युत् व्यापारका विषयमा भारतीय अधिकारीसँग छलफल            प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत् बिक्रीका सम्भावनाकाबारे भारतीय अधिकारीसँग छलफल गरेको छ । कुल ४५६ मेगावाटको माथिल्लो तामाकोशी र अन्य निजी क्षेत्रले निर्माण गरेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बर्खाको समयमा मुलुकभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि घिसिङ नेतृत्वको टोली व्यापारको व्यवस्था गर्न भारततर्फ गएको थियो ।            टोलीले भारतको विद्युत् मन्त्रालय, केन्द्रीय विद्युत् प्राधिकरण, विहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेड र नेपालसँग विद्युत् व्यापार गरिरहेका भारतीय कम्पनीसँग छलफल गरेको थियो । नेपालमा जगेडा भएको विद्युत् भारतमा र बङ्गलादेशमा बिक्रीका लागि भारतीय अधिकारीसँगको छलफल सकारात्मक रहेको घिसिङले जानकारी दिए । रासस

बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनाउन लगानी सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच विद्युत व्यापारका लागि बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरेसन अफ इन्डियाबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको हो ।भारतको राजधानी नयाँ दिल्लीमा बुधबार भएको कार्यक्रममा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र पावर ग्रिडकातर्फका कर्यकारी निर्देशक वाइ के दीक्षितले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।नेपाल सरकार मन्त

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन नयाँ रुटको सर्भे सुरु, लागत एक अर्ब घट्ने

पाँच हजार मेगावाट क्षमता वहन गर्न सक्ने प्रसारण लाइन १० अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य, दूरी पनि पाँच किलोमिटर घट्ने नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि परिवर्तन गरिएको नयाँ रुटको...

कोभिड–१९ का कारण चीनसँगकाे पहिलाे अन्तरदेशीय प्रसारण लाइन निर्माणमा समस्या

रसुवा – काेभिड–१९ का कारण चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माणमा समस्या देखिएको छ । फैलिँदो कोरोना सङ्क्रमण र जोखिमका कारण नेपाल र चीन दुवै देशका प्राविधिकले स्थलगत अध्ययन गर्न नपाउँदा प्रसारण लाइन निर्माण अघि बढ्न सकेको छैन । डेढ वर्षदेखि रसुवागढी नाकाबाट मानिसको आवतजावत ठप्प भएका कारण दुवै देशका प्राविधिकले स्थलगत अध्ययन गर्न नपाएका हुन् । नेपाली पक्षले चीनतर्फ र चिनियाँ पक्षले नेपालतर्फ अध्ययन तथा अवलोकन गर्नुपर्ने भए पनि नाकाबाट आवतजावत हुन नपाउँदा समस्या भएको रातमाटे–रसुवागढी&nda...