आगामी निर्वाचनमा ‘नो भोट’ र ‘रिकल’ को व्यवस्था हुने प्रमुख आयुक्त थपलियाको विश्वास

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनमा मतदाताको माग बमोजिम ‘नो भोट’, ‘रिकल’ र विदेशमा बस्ने मतदातालाई मतदानको व्यवस्था गर्ने कानुन बन्ने विश्वास व्यक्त गरेका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘आगामी पाँच वर्षभित्र मतदाताको माग बमोजिम ‘नो भोट’, ‘रिकल’ र विदेशमा बस्ने मतदाताहरूलाई मतदानको व्यवस्था गर्ने कानुन बन्ने विश्वास गरेको छु,’ उनले भने । पुनः मतदान व