चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकट समाधानमा योगदान पुर्‍याउन चौधरी फाउन्डेसनले दीर्घकालीन महत्वका स्वास्थ्य परियोजनामा काम गर्ने भएको छ । सोअनुसार फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापनाको नेतृत्व लिएको छ ।वीर अस्पतालमा १८ शय्याको अत्याधुनिक आईसीयू वार्ड स्थापना गरिने र सोही अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिने फाउन्डेसनले जानकारी दिएको छ । यससम्बन्धी सहमतिमा एक–दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र फाउन्डेसनबीच हस्ताक्षर हुने बताइएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एकओटा अक्सिजन प्लान्ट स्थापना गरिने भन्दै फाउडेशनले यस सम्बन्धमा दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको जानकारी दिएको छ । वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर/ प्रतिघण्टा रहने बताइएको छ । फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपत्कालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले एकीकृत योजना अगाडि सारिएको बताएका छन् । ‘अहिलेको मुख्य चुनौती गम्भीर अवस्थाका बिरामीको जीवन रक्षा गर्नु हो,’ उनले भने, ‘यसका लागि आईसीयू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महत्वपूर्ण स्वास्थ्य उपकरण हुन्, हाम्रो अहिलेको सम्पूर्ण ध्यान कोरोनाका बिरामीको उपचारमा लगाउनुपर्छ । हामी यही उद्देश्यका साथ कोरोनाविरुद्धको अभियानमा अगाडि बढेका छौं ।’ फाउन्डेसनले गतवर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपत्कालीन सहयोग कार्यक्रम अन्तर्गत देशभरका २०० भन्दा बढी स्वास्थ्य केन्द्रमा पीपीई, स्यानिटाइजर, मास्कका साथै विभिन्न अस्पताललाई भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएको थियो ।

सम्बन्धित सामग्री

चौधरी फाउन्डेसनले आईसीयू वार्डसहित अक्सिजन प्लान्ट बनाउने

चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।फाउन्डेसनले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनाहरूमा काम गर्ने निर्णय पनि गरेको छ र यी निर्णय तत्काल कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा रहेको पनि फाउन्डेसनले जनाएको छ ।कारोनाको दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटको समयलाई मध्यनजर गर्दै फाउन्डेसनले […]

चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं, , जेठ ३। कोरोना महामारीका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकट समाधानमा योगदान पुर्‍याउन चौधरी फाउन्डेसनले दीर्घकालीन महत्वका स्वास्थ्य परियोजनामा काम गर्ने भएको छ । सोअनुसार फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापनाको नेतृत्व लिएको छ । वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड स्थापना गरिने र सोही अस्पतालको नयाँ भवनमा […]

चौधरी फाउन्डेसनले १८ बेडको आईसीयू वार्ड र ३ अक्सिजन प्लान्ट स्थापना गर्ने

काडमाडौं । कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटमा योगदान पुर्‍याउन चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्नमा नेतृत्व लिएको छ । नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनाहरूमा काम गर्ने निर्णय गर्दै फाउनडेसनले वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड स्थापना...

चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट बनाउने

कोभिड–१९ को दोस्रो लहरबाट उत्पन्न स्वास्थ्य संकटमा सहयोग पुर्‍याउन चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ ।

चौधरी फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट बनाउने

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट उत्पन्न स्वास्थ्य संकटमा सहयोग पुर्‍याउन चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ । फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ । वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड र अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गर्ने फाउन्डेसनले जनाएको […]