हलेसी तुवाचुङ–१ मा कांग्रेसका राईसहित प्यानलै निर्वाचित

खोटाङ, १ जेठ । खोटाङको हलेसी तुवाचङ–१ मा कांग्रेसका उम्मेदवार रुद्र राई निर्वाचित भएका छन् । राई दोस्रो कार्यकालको लागि वडाध्यक्षमा विजयी भएका छन् । माओवादीको लालबहादुर राईलाई पछि पार्दै उनले ४८८ मत ल्याएर निर्वाचित भएका हुन् । वडा नं १ मा रुद्र राईको प्यानलै विजयी भएको छ ।