टोकियो ओलम्पिक–२०२० : बेलारुसी खेलाडीलाई शरण

बेलारुसकी ओलम्पिक स्प्रिन्टरले आफ्नो देशको निरंकुश सरकारबाट असुरक्षा रहेको भन्दै पोल्यान्डमा शरण लिने तयारी गरेकी छन् । आफ्नै टिम व्यवस्थापनको आलोचना गरेपछि यी खेलाडीलाई बेलारुसी ओलम्पिक अधिकारीले प्रतियोगिता खेल्न नदिई जबर्जस्ती घर फिर्ता पठाउने प्रयास गरेका थिए ।