त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरूको समस्या समाधान गर्न कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेसले त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ। कांग्रेसको शिक्षा विभागले आज विज्ञप्ति जारी गर्दै कांग्रेसको नेतृत्वको विगतको सरकारले स्वीकृत गरेको एक हजार ४२० दरबन्दी कार्यान्वयनमा लगेर आंशिक प्राध्यापकहरूको माग पूरा गर्न माग गरेको हो। कांग्रेसले सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक र उच्च शिक्षामा अध्यापन गराउने प्राध्यापकहरूलाई कोभिड खोपको व्यवस्था गर्न भनेको छ।

सम्बन्धित सामग्री

केरुङ नाकामा आयातनिर्यात सहज बनाउन कांग्रेसको माग

नेपाली कांग्रेसले चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आवागमनको समस्या समाधान खोज्न सरकार समक्ष माग गरेको छ ।पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्तिमार्फत उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केङमा सहज नहुँदा नागरिक र व्यवसायीले दुःख पाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । चीनको वुहानबाट कोरोना भाइरसको सङ्क्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा […]