आन्दोलनरत नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थीहरूको समस्या समाधान गर्न इन्सेकले माग गरेको छ ।
चिकित्सा शिक्षा ऐन, २०७५ ले निर्धारण गरेभन्दा बढी शुल्क लिएको आरोपमा नोबेल मेडिकल कलेजविरूद्ध आन्दोलनरत विद्यार्थीका कारण सर्वसाधारणसमेत प्रभावित भएको भन्दै इन्सेक प्रदेश १, कार्यालयले शुक्रवार विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न माग गरेको हो ।
अतिरिक्त शुल्क विवादमा नोबेल मेडिकल कलेज विराटनगर र चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीबीच २०७८ पुस १४ गतेदेखिको तनावले सिर्जित अवस्थाप्रति ध्यानाकर्षण भएको विज्ञप्तिम...