अप्रेसनपछि आइसीयुमा राखियो। आइसीयुमा बच्चा रोएको हामीले बाहिरबाटै देख्थ्यौं। मन कटक्क हुन्थ्यो। उसलाई दुखाइ भएकाले त्यसको व्यवस्थापन गर्न नर्ससँग आग्रह गर्थ्यौं। उताबाट जवाफ आउँथ्यो- बच्चा हो रोइहाल्छ नि! त्यो बचनले बच्चाको पीरले छिया-छिया बनेको मनमा नुनचुक छर्थ्यो। पछि भारतको अस्पतालमा गरिएको व्यवहार देखेर नेपालका अस्पतालले सुधार्न धेरै बाँकी रहेछ भन्ने महशुस समेत भयो।