लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौ

लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरू दाङ सार्न खोजेको भन्दै कर्मचारी संगठनहरू आन्दोलित भएका छन् । सरकारी कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनसहित चारवटा कर्मचारी संगठनहरूले प्रदेश सरकारका प्रमुख सचिव डा.दीपक काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै भौतिक पूर्वाधार विना राजधानी सार्ने कार्य आपत्तिजनक भन्दै तत्काल रोक्न माग गरेका छन् ।मुख्य सचिवलाई बुझाएको ज्ञापनपत्रमा मन्त्रालय रहने र सेवा प्रवाह गर्ने भवन, कर्मचारी आवास, शैक्षिक संस्थाहरूको अभावकै बीचमा अस्थायी राजधानी रहेको स्था