दाहाललाई पार्टी सदस्यता दिने खम्बसिंह रहेनन्

नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य खम्बसिंह कुँवरको मंगलबार बिहान भरतपुरमा निधन भएको छ । पार्टीमा ‘काजी बा’ भनेरसमेत चिनिने कुँवर नेकपाका वर्तमान अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी सदस्यता दिने पुराना वामपन्थी नेता हुन् । कुँवरप्रति अन्तिम श्रद्धाञ्जली दिन अध्यक्ष दाहाल मंगलबार मध्यान्ह भरतपुर आएका थिए  ।