माेरङ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको चुनावमा जित हासिल गर्ने दाबी गर्नुभएको छ ।
एमाले जिल्ला कमिटी मोरङद्वारा मोरङको रङ्गेलीमा आज बुधवार आयोजित तराई मधेस वृहत् जनसभालाई सम्बोधन गर्दै उहाँले समृद्धिको यात्रामा कतै पनि नअलमलिइ देशव्यापी रूपमा लाग्ने विश्वास दिलाउनुभयो । अध्यक्ष ओलीले जन्मसिद्ध आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने भन्दै नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
एमालेभित्रको घुसपेठ...