धनगढी : कैलालीमा केही समयका लागि खुलेको पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध भएको छ।अवरोध हटाउन र हत्याविरुद्ध जारी आन्दोलन साम्य पार्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।जिल्लाको लम्कीका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै बुधबार बिहानदेखि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए। राजमार्ग दिउँसो केहीबेर खुलेको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार प्रहरीले घटनाको अनुसन्धान सहज बनाउन सघाउन आग्रह