नेपालमा संसद् अवरुद्ध हुनु हुँदैन : कानुनविद् सुवेदी

काठमाडौं : कानुनविद् डा. सूर्य सुवेदीले नेपालमा संसद् अवरुद्ध हुनु नहुने बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध पारिरहेका बेला उनले सो टिप्पणी गरेका हुन्।शनिबार काठमाडौंमा आयोजित प्रा.सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनका ज्ञाता सुवेदीले संसदको जननी मानिएको बेलायतमा कहिल्यै संसद अवरुद्ध नहुने दृष्टान्त पेश गर्दै नेपालमा पनि अवरोध गर्न नमिल्ने तर्क गरे।