राजस्व र रोजगारी बढ्ने क्षेत्रमा खर्च गर्न गाउँपालिकालाई आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सृजना हुने, राजस्व बढ्ने र सौन्दर्यकरण हुने योजनातर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । मुख्यमन्त्री कार्कीले मंगलवार गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, कोशी प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै यस्तो आग्रह गरेका हुन् । मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथाभावी रूपमा सडक, पुल र भवन जस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्न नहुने बताए । अहिलेकै गतिमा सडक, पुल र भवन निर्माणमा बजेट खर्च गर्दै गए आगामी तीन वर्षमा तिनको मर्मत सम्भारका लागि बजेटको आकार दोब्बर बनाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो । पूँजीगत खर्च गर्दा संघीय र प्रदेश सरकारभन्दा पनि स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने उनले बताए । जनतामा वितृष्णा बढाउने किसिमका योजनामा लगानी नगर्न उनले आग्रह गरे । यस्तै लोकप्रियताका नाममा कर छूट दिने र वृद्धि गर्नेभन्दा पनि दायरा बढाउनुपर्नेमा उनले जोड दिए । अहिलेको बजेटबाट धेरै काम गर्न नसके पनि स्थानीय तहलाई बलियो बनाउने र स्थानीय तहसँग समन्वय गरेर काम गर्ने पक्षमा प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री कार्कीले बताए । ‘एकभन्दा पनि दुई वा सोभन्दा बढी पालिका सहभागी हुने सामूहिक योजना निर्माणमा ध्यान दिनुहोस्, त्यस्ता सामूहिक योजनामा प्रदेश सरकारको प्राथमिकता रहनेछ ।’ मुलुक संघीयतामा गएसँगै विकास निर्माणका कामले गति लिएको उनले बताए । संघीय सरकारले २० वर्षमा गर्न नसकेको विकासको काम प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेको दाबी उनले गरे ।

सम्बन्धित सामग्री

खर्च सवा खर्ब बढ्यो, राजस्व एक खर्ब घट्याे

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षको कुल खर्च सावाँ खर्ब रूपैयाँ बढे पनि सरकारको राजस्व भने एक खर्ब रूपैयाँभन्दा धेरैले घटेको छ।...

राजस्व चुहावट कसरी भएको छ त्यो हेर्नुपर्छ: डा.स्वर्णिम वाग्ले

'सार्वजनिक खर्च र राजस्व सङ्कलनमा असन्तुलन देखिएको छ। राजस्व सङ्कलनभन्दा खर्च बढी भएको अवस्था छ। लक्ष्यअनुसार राजस्व सङ्कलन छैन', उनले भने, 'राजस्व चुहावट कसरी भएको छ भनेर हेरिनुपर्छ। खर्चको प्रभावकारिता र मितव्ययिता छैन।'...

राजस्व संकलनभन्दा २३ अर्ब बढी चालू खर्च

चालू आवको नौ महिनामा २८ प्रतिशत मात्रै पुँजीगत खर्च, लक्ष्यअनुसार राजस्व संकलन नहुँदा सरकारलाई खर्च धान्न धौधौ सरकारले संकलन गरेको राजस्वले चालू खर्चसमेत धान्न मुस्किल भएको छ । चालू आर्थिक वर्षको नौ...

राजस्व संकलन लागत घट्दै, १००० संकलन गर्न २.२३ रुपैयाँ खर्च

१८ मंसिर, काठमाडौं । नेपालमा राजस्व संकलनमा लाग्ने लागत क्रमशः घट्दो क्रममा देखिएको छ । आर्थिक वर्ष (आव) २०७८/७९ मा आन्तरिक राजस्व विभागले प्रतिहजार राजस्व संकलन गर्न २.२३ रुपैयाँ खर्च गरेको छ । यस्तो लागत क्रमशः घट्दो क्रममा देखिएको विभागको तथ्यांकले देखाएको छ । यस आवमा ४ खर्ब ८३ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक राजस्व […]

बढ्यो खर्च, राजस्व घट्यो

काठमाडौं, असोज २ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८/७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ८५ करोड रुपियाँले राजस्व सङ्कलन घटेको हो । यस अवधिमा कर राजस्व मात्रै १५ अर्ब ४१ करोड रुपियाँले घटेको छ […]

पुँजीगत खर्च आधा, राजस्व लक्ष्य नपुग्ने

सरकार विशेषतः अर्थ मन्त्रालयमा भएका बेथिति तथा विसंगतिको असर राजस्व संकलन तथा बजेट खर्चमा पनि परेको छ । वर्तमान सरकारका अर्थमन्त्रीले महत्वाकांक्षाका साथ हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य राखेको भए पनि आर्थिक वर्षको समाप्तिमा आधामात्र पुँजीगत खर्च भएको छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३२ गतेसम्ममा ५७.१८ प्रतिशतमात्र पुँजीगत खर्च भएको […]

पुँजीगत खर्च आधा, राजस्व लक्ष्य नपुग्ने

काठमाडौं । सरकार विशेषत: अर्थ मन्त्रालयमा भएका बेथिति तथा विसंगतिको असर राजस्व संकलन तथा बजेट खर्चमा पनि परेको छ । वर्तमान सरकारका अर्थमन्त्रीले महत्वकांक्षाका साथ हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य राखेको भएपनि आर्थिक समाप्तिमा आधा मात्र पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३२ गतेसम्ममा ५७.१८ प्रतिशत मात्र […]

राजस्व संकलनमा सफल, खर्च गर्न असफल

पुँजीगत खर्च गर्न असफल भएको सरकार राजस्व उठाउन भने सफल भएको छ । चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो सात महिनामा सरकारले राजस्व संकलनतर्फ राम्रो प्रगति गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ ।माघ मसान्तसम्ममा सरकारले पाँच खर्ब ६० अर्ब कर राजस्व तथा ५२ अर्ब गैरकर राजस्व गरी कुल ६ खर्ब १३ अर्ब राजस्व संकलन […]

एक हजार आन्तरिक राजस्व संकलन गर्न २.५२ रुपैयाँ खर्च

११ मंसिर, काठमाडौं । नेपालमा एक हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्न २.५२ रुपैयाँ खर्च हुने गरेको पाइएको छ । आन्तरिक राजस्व विभागले गरेको विश्लेषण अनुसार यस्तो देखिएको हो । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/७८ मा कुल चार खर्ब २९ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यस आवमा विभाग र मातहतका […]

निषेधाज्ञामा राजस्व संकलनभन्दा खर्च दोब्बर

दोस्रो लहरको कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि गरिएको निषेधाज्ञाको अवधिमा सरकारले राजस्व संकलनको तुलनामा दोब्बरभन्दा बढी खर्च गरेको छ । देशका अधिकांश भागमा निषेधाज्ञा सुरु भएको एक महिना नाघिसकेको...