सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेपछि एमसीसी सामान्य बहुमतले अघि बढाउने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढेका छन् ।
काठमाडौं । संसदमा आज अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी भएसँगै अहिले नयाँ बानेश्वर क्षेत्रमा प्रर्दशन भईरहेको छ । सत्ता गठबन्धनले एमसीसीलाई व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट आजै अनुमोदन गर्ने निर्णय गरेका छन् । यता बानेश्वरमा भने विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले आज पनि प्रर्दशन जारी राखेका छन् । प्रदर्शनकारीहरुले ‘एमसीसी खारेज गर’ लगायतका […]
विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउन जोडबल सुरु भएको छ । काँग्रेसकै जोबडलमा बुधबार बस्ने प्रतिनिधिसभा बैठक एमसीसी टेबल गर्ने तयारी भएको छ भने त्यसका लागि कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्यसूची तय भएपछि काँग्रेस नेतृत्वको सरकारले एमसीसी टेबल गराउनेछ ।
यद्यपि एमसीसीबारे सत्तारुढ दलनै एकमत छैनन् भने साना राजनीतिक दलदेखि जनस्तरसम्म यसको तीव्र विरोध भइरहेको छ । एमसीसीको विरोध गर्दै ५ दलले बुधबार नेपाल बन्दको घोषणा नै गरेका छन् भने आन्दोलनलाई थप सशक्त...
काठमाडौं, ३ फागुन । अन्ततः एमसीसी संसदबाट पारित हुने भएको छ । सत्ता गठबन्धनबीच एमसीसी पारित गर्ने भद्र सहमतिबीच पछिल्लो राजनीतिक घटना विकास भएको हो । विश्वस्त स्रोतका अनुसार प्रचण्ड र माधवकुमार नेपाल पनि एमसीसी पारित गर्ने वातावरण विकास गर्नेमा सहमत छन् । प्रतिनिधि सभामा उपस्थित संख्याको बहुमतबाट पारित गराउने तयारी भएको हो । प्रचण्ड […]
काठमाडौं, २४ माघ । सभामुख अग्निप्रसाद सापकोटा कुनै हालतमा एमसीसी टेबुल नगर्ने पक्षमा दृढ देखिएका छन् । उनलाई आइतबार सिंहदरबारस्थित कार्यकक्षमा भेट्न पुगेका कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले एमसीसी सम्झौता निर्णयमा लान सदनमा पेश गर्न लागेको जानकारी दिएपनि टेबुल नगर्ने संकेत गरिदिए । सभामुखले प्रमुख प्रतिपक्षीले सदन सुचारु गर्नुपर्ने, दलहरुबीच सहमति बन्नुपर्ने विषय राखे । बडू […]
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनसम्मका लागि एमसीसी अगाडि नबढाउन प्रस्ताव गरेको जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु संसद्बाटै अमेरिकी सहयोग परियोजना मिनेलियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी गरिरहेको बेला दाहाल र नेपालको […]
स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबार सत्तारूढ गठबन्धनमा रहेका चार मुख्य दलबीच साँझको गठबन्धन बैठक बस्नुअघि नै एमसीसी परियोजनालाई संसद्बाट पास गर्ने सहमति भएको स्रोतले जनाएको छ ।स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना संसद्बाट अघि नबढाए सो परियोजना अब फिर्ता हुने र त्यसले सत्ता गठबन्धनमा नै असर पर्ने भन्दै स्पष्ट धारणा दिन माओ
काठमाडौं, २५ भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा एमासीसीको खारेजीको मागसहित सडक संघर्षमा उत्रिने भएको छ । एमसीसी कुनैप्नि हालतमा संसदबाट पारित गर्न नहुने भन्दै विप्लव नेतृत्वको नेकपाले भोलि काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । त्यस्तै, विप्लवले भोलि काठमाडौंमा आयोजना गरिने कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । संसदबाट एमसीसी पारित गराउने तयारी भैरहेको […]
सत्ता गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन नहुने बताएका छन् ।
राष्ट्रियतामाथि प्रश्न उठ्ने विषयमा माओवादीले सम्झौता नगर्ने उनले दाबी गरे ।
मंगलवार वाईसिएलको बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले यथास्थितिमा एमसीसी अनुमोदन हुने सम्भावना नरहेको बताएका हुन् । सरकारले बुधवारदेखि शुरू हुने संसद्को अधिवेशनबाट एमसीसी पारित गराउने तयारी गरेको छ ।
‘एमसीसीका कतिपय प्रावधानको विषयमा यसअघि नै असहमति राखिएको ह...