नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न 'सीएनआई' र 'सीसीपीआईटी' बीच समझदारी

काठमाण्डाै – नेपाल उद्योग परिसङ्घ (सीएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवर्धनका लागि नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका अवसरमा सीएनआई र सीसीपीआईटीबीच आज आइतवार याे समझदारी भएको हो । समझदारी पत्रमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गर्नुभयो ।  समझदारीसँगै नेपाल चाइना बिज...