यी हुन् नेपालबाट धेरै निर्यात भएका १० वस्तु

चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात भएको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५३.३ प्रतिशतले सुधारिएको हो । गत आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब २१ अर्ब रुपैयाँको निर्यात भएको थियो ।यस अवधिमा नेपालबाट सोयाबिन तेलको निर्यात सबैभन्दा धेरै भएको छ । ११ महिनाको अवधिमा ४६ अर्ब ५८ करोड रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ । जुन, नेपालबाट भएको समग्र निर्यातको २५ प्रतिशत हिस्सा हो ।यसैगरी, ११ महिनामा नेपालबाट पाम तेलको निर्यात दोस्रो स्थानमा छ । न

सम्बन्धित सामग्री

भारतमा वस्तु क्षेत्रले निर्यात सेवालाई उछिन्यो

भारत सरकारले भारतको वस्तु (व्यापार) क्षेत्रले निर्यातमा सेवा क्षेत्रलाई उछिनेको जनाएको छ।गत आर्थिक वर्षमा ७ खर्ब ६२ अर्ब अमेरिकी डलरको निर्यात भएको थियो। जसमध्ये ४५३ अर्ब डलरको वस्तु निर्यात भएको भारतको संघीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले बताए।करिव ११ अर्ब डलर बराबरको विद्युतीय मेसिनरी तथा उपकरण निर्यात र करिव ११ अर्ब डलर बराबरको मोबाइल फोन निकासी रहेको बताए।

व्यापारघाटा कम गर्न कृषि वस्तु निर्यात आवश्यक

बिर्तामोड— व्यापारघाटा कम गर्न कृषि वस्तु निर्यात आवश्यक रहेको झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीहरूले बताएका छन् । नेपालमा कृषि वस्तु पर्याप्त उत्पादन गरी निर्यात गर्न सके मात्र वैदेशिक व्यापारघाटा कम गर्न सकिने उनीहरूले बताएका हुन् । झापाको बिर्तामोडमा नेपाल अलैंची व्यवसायी महासंघको आठाैं साधारणसभामा उनीहरूले त्यस्तो बताएका हुन् । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल […]

वस्तु आयात २६.३ प्रतिशत र निर्यात १८.१ प्रतिशतले कमी

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनामा वस्तु आयात २६.३ प्रतिशत र निर्यात १८.१ प्रतिशतले कमी आएको जनाएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९-८० को नौ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आएर १ खर्ब १८ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात […]

नेपाली वस्तु विदेश निर्यात गर्न कृषिसरह बैंकिङ ब्याजको व्यवस्था गर्न माग

काठमाडौँ- नेपाल निर्यात परिषद्ले निर्यात योग्य वस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत दरमा कृषिसरह बैंकिङ ब्याजको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै परिषद्ले आयातमुखी अर्थतन्त्रले मुलुकको अर्थतन्त्र सवल बन्न नसक्ने भएकाले निर्यात प्रबर्द्धनका लागि निर्यातयोग्य वस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत दरमा कृषिसरह बैंकिङ ब्याजको व्यवस्था गर्न सरकारसँग माग गरेको हो […]

यी हुन्, वीरगञ्ज नाका भएर विदेश निर्यात हुने मुख्य वस्तु

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर देशमा सबैभन्दा बढी वस्तु आयात हुँदै आउनुका साथै नेपालले केही वस्तु निर्यातसमेत गर्दै आएको छ। वीरगञ्ज नाका भएर ०७९/८० को साउनमा नेपालले विदेशमा ४ अर्ब ४५ करोड २९ लाख १० हजार बराबरको वस्तु निर्यात गरेको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनमा यो नाका भएर प्रशोधित तेल, फलफूलको जुस, जमोठ […]

पैंचो पसल प्रालीद्वारा उत्पादित वस्तु अमेरिकामा निर्यात हुने

काठमाडौं । पैंचो पसल प्रालीद्वारा उत्पादित नेपाली ब्राण्डका वस्तु संयुक्त राज्य अमेरिकामा निर्यात हुने भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच पैंचो पसल प्राली र अमेरिकामा कार्यालय रहेको फेन्सी हाउस इन्कसँग पैंचोले उत्पादन गरेका वस्तु अमेरिका निर्यात गर्ने सम्झौता भएको हो । पैंचो र फेन्सी कम्पनीबीच सम्झौता भएसँगै अब नेपालको ग्रामीण क्षेत्रका कृषिजन्य उत्पादनलाई प्रशोधन […]

कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि

काठमाडौँ-  नेपाल राष्ट्रय बैंकले आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भएको जनाएको छ। बैंकले मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै निर्यात ४१.७ प्रतिशतले वृद्धि भई २०० अर्ब ३ करोड रुपैयाँ पुगेको बताएको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य […]

वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि : आर्थिक सर्वेक्षण

कोभिड-१९ को सङ्क्रमण क्रमशः कम भएपश्चात् वैदेशिक व्यापारको वृद्धिदर उच्च देखिएको आर्थिक सर्वेक्षण २०७८/७९ ले देखाएको छ। आर्थिक वर्ष २०७७/७८ मा निर्यात ४४.४ प्रतिशत र आयात २८.७ प्रतिशतले वृद्धि भएको थियो। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु व्यापारमा निर्यात अंश १०.१ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०७७/७८ फागुनसम्म यस्तो अंश ७.९ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई रू.१४७ अर्ब ७५ करोड पुगेको छ। आर्थिक वर्ष २०७७/७

वस्तु व्यापारमा पहिलोपटक १ खर्बको निर्यात, यी हुन् सर्वाधिक निर्यात हुने वस्तु

वैदेशिक वस्तु व्यापारमा नेपालले पहिलोपटक एक खर्ब रुपैयाँको निर्यात गरेको छ।