कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट कम घातक भएको सङ्केत

काठमाण्डाै - बेलायत र दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनमा कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट कम घातक रहेको पाइएको छ । सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको अध्ययनमा देखिएको हो । प्रारम्भिक नतिजाले अन्य भेरियन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ‘ओमिक्रोन’ भेरियन्टबाट सङ्क्रमण भएका ३० देखि ७० प्रतिशतसम्म कम मानिसहरू अस्पताल भर्ना हुनुपर्ने देखाएको बीबीसीले उल्लेख गरेको छ । तर ‘ओमिक्रोन’ सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्नेबारे चिन्ता...