भेरी नदीमा बेपत्ता चार बालबालिका अझै भेटिएनन्, फर्कियो गोताखोर

सुर्खेतः भेरी नदीमा बेपत्ता भएका चार जना बालबालिका अझै भेटिएका छैनन्। उनीहरु चारै जनालाई सशस्त्र प्रहरीको तालिम प्राप्त गोताखोर टोलीले खोजी गरेको थियो। यद्यपि, बेलुकासम्म पनि फेला नपरेपछि टोली फर्किएको छ ।   भेरी नदीमा सोमबार बिहान करिव १० बजेदेखि सशस्त्रको गोताखोर टोलीले खोजी कार्य सुरु गरे पनि बेलुकासम्म फेला नपरेपछि…

सम्बन्धित सामग्री

भेरीमा बेपत्ता बालबालिका : एकको शव भेटियो

सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एक जनाको शव फेला परेको छ । शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका लेकबेँसी नगरपालिका–५ नेटाका आठ वर्षीय दिनेश बुढामगरको शव आज भेरी पुल नजिक भेटिएको हो । बेपत्ता बालबालिकाको खोजीका लागि सुर्खेत नम्बर ३२ रक्तकाली गणबाट विपद् उद्धार तथा बाँकेको शम्शेरगञ्जस्थित रिजर्भ गणबाट गोताखोर टोली परिचालन गरिएको थियो । रक्तकाली गण सुर्खेतका प्रमुख विमल डाँगीले मेहेलकुना अस्पतालमा परीक्षणपछि शव परिवारलाई बुझाइएको जानकारी दिए । दिनेशसँगै बेपत्ता

बेपत्ता बालबालिकाको खोजीमा गोताखोरसहितको टोली परिचालन

सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको छ । नम्बर ३२ रक्तकाली गण सुर्खेतबाट १४ जनाको विपद् उद्धार टोली र बाँकेको शम्शेरगञ्जस्थित रिर्जभ गणबाट चार जनाको गोताखोर टोली परिचालन गरिएको हो । सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित रामघाट दशरथपुर जोड्ने झोलुङ्गे पुल नजिक शनिबार भेरी नदीमा नुहाउने क्रममा स्थानीय तीन बालबालिका बेपत्ता भएका थिए । बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका–११ रामघाटका १० वर्षीया गङ्गा खड्का, आठ वर्षीया क