काबुल विमानस्थल क्षेत्रमा अझै पनि अव्यवस्था

अफगानिस्तानको राजधानी काबुलबाट भाग्न खोजिरहेका पश्चिमी मुलुकका नागरिकले आफूहरूलाई भीडले किचेको र जिउ छामछुम गरेको बताएका छन् ।  विमानस्थल बाहिर तालिबान चेकपोइन्टमा रोकिएका अफगानहरू भागाभाग गर्दा यस्तो स्थिति आएको हो ।  तालिबान लडाकूहरूले काबुल विमानस्थललाई घेराबन्दी गरेका छन् र त्यहाँ पुग्ने सबै नाकामा नियन्त्रण गरेका छन् । उनीहरूले को देश छोडेर जाने अनि को नजाने भन्ने विषयमा निर्णय लिनेछन् ।  बेलायतको रोयल मरिनका पूर्व कमान्डो पल फार्दिङले गर्भवती पत्नीलाई भीडले विमानस्थल बाहिर धकेलेको, कुल्चेक...