भारतमा यो वर्ष वित्त मन्त्रीले हलुवा सेरेमनी नगर्ने, मिठाईमात्र बाँडियो

माघ १५, नयाँदिल्ली । भारतले अव आउने साताको मंगलवार लोकसभामा बजेट सार्वजनिक गर्दैछ । वित्त मन्त्री निर्मला सीतारमणले यो वर्ष कोरोना महामारीका कारण हलुवा सेरेमनी नगरिने भन्दै बजेट - २०२२  पूर्णरुपमा पेपरलेस हुने बताएकी छन् । भारतले सन् २०२१ पनि पहिलो पटक डिजिटल बजेट सार्वजनिक गरेको थियो । भारतमा बजेट तयारी अघि हलुवा सेरेमनी गर्ने प्रचलन छ तर यो वर्ष यो आयोजना गरिने छैन । हलुवा समारोहको भारतमा एकदमै पुरानो इतिहास रहेको छ । यो समारोहपछि बजेट तयारी तथा छपाईको काम शुरु गर्ने गरिन्थ्यो । नर्थ ब्लकमा प्रत्येक साल बजेट सार्वजनिक हुनु पूर्व यो समारोहमा वित्त मन्त्रीसमेत मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा बजेट छपाईमा संलग्न कर्मचारी सहभागि हुन्थे । र ती अधिकारीहरु यो समारोहपछि बजेट तयारीका लागि कयौं दिनसम्म भूमिगत रहन्थे । यो वर्ष हलुवा सेरेमनीको सट्टा बजेट छपाईमा संलग्न अधिकारीहरुलाई वित्त मन्त्रीले मिठाई खुवाएकी छन् । यो वर्ष वित्त मन्त्रालयले यूनियन बजेट एप लन्च गर्ने योजना पनि बनाइरहेको छ । भारतमा सन् २०१९ अघि छालाबाट निर्मित ब्रिफकेसमा बजेट विवरण राखिन्थ्यो तर यो परम्परा विस्तारै परिवर्तन गर्न थालियो । तर जव भारतमा वित्त मन्त्री निर्मला सितारमण बनिन् तव उनले ब्रिफकेसको सट्टा रातो रंगले बेरिएको बहिखाता चुनिन् । यो भारतको परम्परागत व्यापार व्यवसायको प्रतिक पनि थियो । भारतमा बजेटको इतिहास अंग्रेजबाट स्वतन्त्र हुनु अघिदेखि नै रहेको छ । भारतमा पहिलो पटक सन् १८६० मा बजेट पेश गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमा पहिलो पटक सन् २०१७ मा अरुण जेट्ली वित्त मन्त्री बनेका थिए । उनको कार्यकालमा पनि बजेट पेश गर्ने शैलीमा धेरै परिवर्तन गरिएको थियो । मोदी सरकारअघि भारतमा रेलवेको लागि अलग बजेट पेश गरिन्थ्यो तर यो परम्परा पनि सन् २०१७ बाटै हटाएर रेल बजेट आम बजेटको हिस्सा बनाइएको छ । एजेन्सी

सम्बन्धित सामग्री

दिवालीअघि नै भारतमा ५जी सार्वजनिक हुने

काठमाडौँ– भारतमा पाचौँ पुस्ताको मोबाइल प्रविधि ५जी सार्वजनिक प्रयोगका लागि खुला गर्न तयारी सुरु भएको छ । फिनल्याण्डको प्रविधि कम्पनी एचएमडी ग्लोबलले भारतीय दूरसञ्चार कम्पनी रिलायन्स जियोसँग सहकार्य गरी भारतमा ५जी ल्याउन लागेको हो । एचएमडी ग्लोबलका प्रमुख कार्यकारी फ्लोरियन सिचले भारतमा ५जी सार्वजनिक गर्नका लागि आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । ‘भारतमा ५जी […]

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो। भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ।...

भारतमा फेरि बढ्यो कोरोना संक्रमण

एजेन्सी । भारतमा कोरोना संक्रमण दर फेरि तीब्र हुन थालेको छ । पछिल्लो पटक भारतमा ४३ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार भारतमा ४२ हजार ९ सय ८२ जना नयाँ संक्रमित थपिएका हुन् । सोही अवधिमा ५ सय ३३ को मृत्यु भएको छ । मन्त्रालयले दिएको जानकारी […]

भारतमा फेरि बढे सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ। सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित नयाँ थपिएका छन्।

भारतमा फेरि बढे कोरोना सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित नयाँ थपिएका छन् । अघिल्ला केही दिनको तुलनामा यो सङ्ख्या धेरै भएकाले भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको हो । सोही अवधिमा सङ्क्रमण मुक्त भएकाहरुको सङ्ख्या पनि थपिएका सङ्क्रमितहरुको सङ्ख्या भन्दा धेरै रहेकाले समेत सक्रिय सङ्क्रमितको सङ्ख्या समेत बढ्दै गइरहेको छ ।पछिल्लो एक दिनमा भारत

भारतमा घट्दै कोरोना संक्रमणदर

काठमाडौं। पछिल्लो केही दिनदेखि भारतमा कोरोनाको संक्रमणदर घट्दो क्रममा छ। दैनिक चार लाखभन्दा बढी संक्रमण देखिएको भारतमा केही दिनदेखि संक्रमितको संख्या घट्दै गएको देखिएको हो। पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २६ हजार १२३ जनामा संक्रमण पुष्टि भएको थियो। हाल त्यहाँ ३६ लाख ७९ हजार ६९१ सक्रिय संक्रमित रहेका छन्।

भारतमा अब पर्याप्त रेमडिसिभिर

एजेन्सी। कोरोनाविरुद्ध उपयोगीसिद्ध ‘रेमडिसिभिर’ अब भारतमा अभाव नहुने भएको छ। अब त्यहाँ यो औषधि प्रतिमहिना एक करोड तीन लाख सिसी उत्पादन हुन थालेको छ। यसअघि मासिक ३८ लाख सिसी उत्पादन हुन्थ्यो। सरकारले मे १६ सम्मका लागि आवश्यक रेमडिसिभिर सबै राज्यलाई बाँडिसकेको बताएको छ। भारतमा कोरोना अनियन्त्रित बन्दै गएपछि रेमडिसिभिर अभाव हुन थालेको थियो। भारतमा यो औषधि ६ वटा कम्पनीले बनाउँछन्।

भारतमा एक अर्ब पाउन्ड लगानी गर्दै बेलायत

एजेन्सी। बेलायतले भारतमा एक अर्ब पाउन्ड लगानी गर्ने भएको छ। दुई देशका प्रधानमन्त्रीबीच हुने भर्चुअल शिखर सम्मेलन अघि नै भारतमा लगानी गर्ने विषय टुंगो लागेको बताइएको छ। बेलायतको उक्त लगानीबाट भारतमा ६५ हजारभन्दा बढी रोजगारी सृजना हुनेछ। बेलायती प्रधानमन्त्री कार्यालयले सोमबार साँझ भारतमा लगानी गर्न लागेको पुष्टी गरेका हुन्।

भारतमा सकिएकै हो त कोरोना महामारी ?

काठमाडौं । भारतमा पछिल्लो समय उल्लेख्य रुपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण घटेको छ । र, यो तथ्यांकलाई केहीले नाटकीय र चाखलाग्दो भनेका छन् । लाखौं मानिसको मृत्यु हुनसक्ने आशंका गरिएको भारतमा के महामारी सकिएको हो त ? अहिलेसम्म भारतमा कोरोनाका एक करोडभन्दा धेरै संक्रमित भइसके, जसमध्ये एक लाख ५० हजारभन्दा धेरैको मृत्यु भएको छ […]