कानुन मन्त्री बडू र अस्ट्रेलियन राजदूतबीच भेटवार्ता

३ फागुन, काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कानुन मन्त्री बडू र अस्ट्रेलियन राजदूत भोल्कबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र अस्ट्रेलियाको दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेलगायत विविध समसामयिक विषयमा छलफल […]