डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, असार २५। सरकारले प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीपी थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो […]

सम्बन्धित सामग्री

३ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

मन्त्रिपरिषद्ले नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद्ले सो सिफारिस स्वीकृत गरेको एक मन्त्रीले रातोपाटीलाई बताए ।बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीहरुले उजुरी गरेका थिए । लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिले बढुवा सिफा