ढुङ्गेअड्डामा भेटिएको शंकास्पद बस्तु नक्कली बम, सेनाको टोलीद्वारा निस्क्रिय

काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डाको मुख्य सडकमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा आज बिहान २ बजेतिर उक्त वस्तु फेला परेको बताउनुभयो । प्रवक्ता मैनालीले तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएपछि बम जस्तो देखिएकाले स्थानीय आतंकित थिए …