अमेरिकाको पूर्वी राज्य केन्टकीमा बाढीमा परि बालबालिकासहित ३७ जनाको ज्यान गयो, १ सयभन्दा धेरै बेपत्ता

अमेरिकाको पूर्वी राज्य केन्टकीमा भीषण वर्षापछि आएको बाढीका कारण ३७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कम्तीमा पनि ६ जना बालबालिका रहेका बीबीसीले जनाएको छ । बाढीमा परेर  १ सयभन्दा धेरै बेपत्ता भएका र उनीहरुको खोजी भइरहेको खबरमा उल्लेख छ । कयौँ घर तथा भवनहरु डुबानमा परेका छन् । त्यहाँका १२ हजारभन्दा बढी घरमा बिजुली बत्तीको आपूर्ति ठप्प भएको छ। सडक, पुल र अन्य पूर्वाधारमा भएका क्षतिको मर्मत गर्ने काम भइरहेको छ । केन्टकीका गभर्नर एन्डी बेसियरले बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताउनु भएको छ । ...