बाबुराम भट्टराईलाई छाडेका नेताहरूले नयाँ पार्टी बनाउँदै

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई छोडेका नेताहरूले नयाँ पार्टी बनाउने भएका छन् । बाबुरामले माओवादी केन्द्रसँग एकता गर्ने गरी चुनावी तालमेल गरेपछि असन्तुष्ट नेताहरु नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका हुन् । बाबुराम पुरानै पार्टी माओवादी केन्द्रमा फर्किने भएपछि असन्तुष्ट नेताहरूले वैकल्पिक शक्ति बनाउने तयारी गरेका छन्।   बाबुरामले नयाँ शक्ति बनाउँदा साथ दिएका नेताहरू जम्मा भएर नयाँ पार्टी बनाउन शुक्रबार काठमाडौंमा भेला बोलाएका छन् । काठमाडौंस्थित रानीवनको एक होटेलमा