जनकपुरधाम : मधेश प्रदेश सरकारले मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९ स्वीकृत गरेको छ।मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा प्रस्तुत दुबै कार्यविधि प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए।मन्त्रिपरिषद्बाट दुबै कार्यविधि पारित भएसँगै अब मधेश प्रदेशमा सञ्चालित पत्रपत्रिका, एफ.एम. र रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमले मधे