मन्त्रिपरिषद् बैठक सकेर प्रधानमन्त्री देउवा शीतलनिवासमा

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। मन्त्रिपरिषद्को नियमित बैठक सकेर प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन्।राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच अहिले छलफल भइरहेको प्रधानमन्त्रीका मुख्य स्वकीय सचिव भानु देउवाले जानकारी दिए। प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग गरिरहेकाे छलफलको विषय भने खुलाइएको छैन।मुख्य स्वकीय सचिव देउवाले भेटघाट नियमित भएको बताए। आज बसेको मन्त्रिपरिषद्को बैठकले बूढीगण्डकी जलविद्युत आय

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित हुने

काठमाडौँ । वालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार(आज) बिहान ८ः३० बजेका लागि बैठक डाकेका हुन् । आजको बैठक शुक्रवार(भोलि)देखि हुन लागेको प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमण एजेन्डाहरूमा बढी केन्द्रित हुने छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि भारत जान लागेका छन् । चैत १८ […]

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार दिँउसो ३ बजेका लागि बैठक बोलाईएको हो। आज देउवा नेतृत्वको सरकार गठन भएको एक सय दिन पूरा भएको छ। बैठकले बेमौसमी...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको करिब तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार हुने भएको छ । लामो प्रतिक्षा र विवादपछि दलहरुले मंगलबार मन्त्रालय बाँडफाँड गरेका हुन् । कांग्रेस ७, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले ४/४ पाउने […]

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा शुरू

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा शुरू भएको छ । देउवा प्रधानमन्त्री नियुक्त भएपछि बिहीवार दोस्रो बैठक बस्न लागेको हो । यसअघि नियुक्त भएकै दिन पहिलो बैठक भएको थियो । देउवा नेतृत्वको सरकारमा ४ जना मन्त्री रहेका छन् ।

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै पहिलो बैठक बस्न लागेको हो । बैठक २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार बस्ने छ । बैठकले संसद...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। देउवा नेतृत्वको सरकारको दोस्रो पटक मन्त्रिपरिषद् बैठक बोलाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठकले केही महत्वपूर्ण निर्णयहरू लिनसक्ने बताइएको छ। हाल ५ सदस्यीय मन्त्रिमण्डल छ। अधिकांश मन्त्रालय प्रधानमन्त्री देउवाकै जिम्मामा छन् भने गृहको जिम्मेवारी कांग्रेसका बालकृष्ण खाँण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जि

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, संसद अधिवेशन आव्हानको सिफारिस हुने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। दिउँसो २ बजे बस्ने गरी देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। यो देउवा नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद बैठक हो। बैठकले प्रतिनिधिसभाको अधिवेशन आव्हानको सिफारिस गर्ने बताइएको छ। सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना गर्दै साउन ३ गतेभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषद् बैठक

राष्ट्रपतिले प्रधानमन्त्रीका लागि पेश भएको केपी ओली र शेरबहादुर देउवा दुबैको दावी अस्वीकृत गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको छ ।  मध्यरातमा बोलाइएको बैठकबाट के निर्णय हुन्छ भन्नेमा चौतर्फी चासो बढेको छ । कतिपयले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्ने आँकलन समेत गरेका छन् ।