जुम्ला – जुम्लामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अभियान थालिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटल लगायतका संरचना भत्काउन थालिएको छ ।
डिभिजन सड्क कार्यालय जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियान अन्तर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल अतिक्रमण हटाउन थालेका हुन् । नागरिक समाजका अध्यक्ष राजबहादुर महतका अनुसार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्...