निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ । शनिबार बसेको देउवा समूहको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । बैठकले कानुनी पाटोको जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो । […]