ओलीलाई योगेशको जवाफ : टिकट लाने कसैले पनि जित्छु भनेर कागज गरेका छैनन्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले आफूसहितका नेताबारेमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति रोष प्रकट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् शुक्रबा आफ्नो धारणा सार्वजनिक गरेका उनले बिहीबारको कान्तिपुर अध्यक्ष ओलीले दिएको अन्तर्वार्तामा व्यक्त भनाइप्रति असन्तुष्टि जनाएका हुन्। उक्त अन्तर्वार्तामा अध्यक्ष ओलीले ‘सुरेन्द्र पाण्डे र योगेशकुमार भट्टराईले यस पटक जित्ने स्थिति नरहेको’ र ‘बिन्दा […]