दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते

काठमाडौं ।दक्षिण कोरियाको राजधानी सियोलमा शुक्रवार भएको तीनवटा सवारी साधनको ठक्करमा एक व्यक्तिलाई हृदयघात भएको छ ।अन्य ६ जना घाइते भएका छन् । यो दुर्घटना सियोलको केन्द्रमा रहेको जोङ्गाक सबवे स्टेशन अगाडिको सडकमा स्थानीय समयअनुसार साँझ ६ः०५ बजे भएको थियो । दुर्घटनामा परेका तीनवटा सवारी साधनमध्ये एउटामा आगलागी समेत भएको थियो ।