काठमाडौंका सुकुम्बासी बस्ती हटाउने तयारी, २७ बस्तीमा ३,४९६ घरधुरी रहेको प्रारम्भिक तथ्यांक

काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं महानगरपालिकासँगको समन्वयमा नदी तथा खोला किनारालगायत विभिन्न ठाउँका सुकुम्बासी बस्ती हटाउने तयारी थालेको छ ।    वास्तविक सुकुम्बासी पहिचान गरी हटाउने तयारी थालिएको हो । समितिका सूचना अधिकारी कमल अर्यालका अनुसार वास्तविक सुकुम्बासी पहिचान गर्न अध्ययन भइरहेको छ । समितिले संकलन गरेको...