तनहुँ २ बाट उम्मेदवार बन्न प्रदीप पौडेलले दिए आवेदन

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँ २ बाट चुनाव लड्ने गरी पार्टीमा आवेदन दिएका छन्। कांग्रेस तनहुँ क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेकोमा पौडेलले मंगलबार तनहुँ २ बाट चुनाव लड्न आवेदन दिएका हुन्।तनहुँ २ मा केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेले पनि उम्मेदवार हुन आवेदन दिएका छन्। २०७४ को चुनावमा यहाँबाट कांग्रेसका शंकर भण्डारी उम्मेदवार थिए । भण्डारीले यसपालि तनहुँ १ मा उठ्नका लागि आवेदन दिएका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडल केन्द्रीय स

सम्बन्धित सामग्री

गोविन्दलाई जिताउने संकल्पसहित प्रदीप पौडेल पुगे तनहुँ

काठमाडौं,२९ चैत । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल गृहजिल्ला तनहुँ पुगेका छन् । बैशाख १० मा तनहु- १ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहेका गोविन्द भट्टराईलाई चुनावमा भोट माग्न उनि तनहुँ पुगेका हुन् । तनहुँ पौडेलको गृहजिल्ला समेत हो मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ २ बाट टिकटको आकाक्षां गरेपनि पार्टी […]

रामचन्द्रको जोडबलमा प्रदीपलाई काठमाडौं–५ को टिकट

२३ असोज, काठमाडौं । गृहजिल्ला तनहुँबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न चाहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल अन्तत: काठमाडौं‍-५ बाट उम्मेदवार बन्ने पक्का भएको छ । उनलाई काठमाडौं- ५ मा सार्नुमा वरिष्ठ नेता रामचन्द्र पौडेलको हात रहेको कांग्रेस नेताहरु बताउँछन् । २०७४ सालको गत निर्वाचनमा तनहुँ–२ (क) बाट प्रदेशसभा सदस्यमा पराजित उनी ४ मंसिरमा हुने […]

काठमाडौँ ५ मा ईश्वर पोखरेलको प्रतिद्वन्द्वी प्रदीप पौडेल

काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको तर्फबाट प्रदीप पौडेल उम्मेदवार बन्ने भएका छन्। सत्ता गठबन्धनले कांग्रेसका युवा नेता प्रदीप पौडेललाई अघि सारेको हो। पौडेललाई गृहजिल्ला तनहुँ २ मा उम्मेदवार बनाउने तयारी भइरहेको भए पनि उनलाई कांग्रेसले काठमाडौँ ५ मा उम्मेदवार बनाएको हो।

काठमाडौं ५ मा ईश्वर पोखरेलसँग प्रदीप पौडेल लड्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग सत्ता गठबन्धनले कांग्रेसका युवा नेता प्रदीप पौडेललाई अघि सारेको छ । गृहजिल्ला तनहुँ २ मा उम्मेदवारी दिने तयारी गरिररहेका नेता पौडेललाई कांग्रेसले काठमाडौं ५ मा उम्मेदवार बनाएको हो । सो क्षेत्रमा २०७४ सालको निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई हराएर पोखरेल विजयी भएका थिए ।

तनहुँ–२ मा यसपटक मार सहन तयार छैनन् प्रदीप

केन्द्रीय नेताहरुको क्षेत्र नम्बर १ मा होडबाजी चल्दा रामचन्द्रकै कारण यसअघिजस्तै शंकर वा गोविन्दलाई क्षेत्र नम्बर २ को टिकट टिएर प्रदीप फेरि पनि तलै पर्न सक्ने सम्भावनाबारे पनि तनहुँमा चर्चा छ । तर, पौडेल यो मान्न तयार छैनन् ।