एसीसी प्रिमियरकपकाे तालिका सार्वजनिक, नेपाल र ओमान एउटै समूहमा

काठमाण्डाै – एसिया कप क्रिकेट खेल्न पाउने मुख्य ढोका मानिएको एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ ।एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बिहीवार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र ओमान एउटै समूहमा परेका छन् । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरब छन् ।समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिता आउँदो वैशाख ५ देखि १८ गतेसम्म हुँदैछ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । वैशाख ८ गते ओमानसँग हुने खेललाई आईसीसीले ...

सम्बन्धित सामग्री

नेपाल विरूद्ध ओमान : ओडिआई मान्यता अनिश्चित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा शुक्रबार टियु क्रिकेट मैदानमा ओमानसँग खेल्दैछ । खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछ । नेपाल र ओमान दुवै ओडिआई मान्यता प्राप्त टोली हुन् । आइसिसीको नियम अनुसार यस खेलले ओडिआई मान्यता पाउनु पर्ने हो । तर खेल सुरु हुन अघिल्लो दिन सम्म ओडिआई खेल हो […]

आज नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा आज बिहीबार नेपालले ओमानको सामना गर्नेछ । यो खेल अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनको पियरल्याण्ड शहरमा नेपाली समय अनुसार बेलुकी सवा ९ बजे सुरु हुनेछ । एक दिवसिय ढाँचाको यो खेल जित्दै त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गर्ने नेपालको लक्ष्य रहेको छ । लिग टु अन्तर्गत अघिल्लो वर्ष […]

मैत्रीपूर्ण फुटबल : नेपाल र ओमान भिड्दै

काठमाडौं । एएफसी एसियन कप-२०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोली आज ९शुक्रबार० ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै छ । दोहामा हुने खेल राति १० बजे सुरु हुनेछ । बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ । यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २-२ […]

तेस्रो स्थानका लागि नेपाल र ओमान भिड्दै

काठमाडौं : आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दैछ।अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि खेल्न लागेको हो। ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन।दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका थिए। फेरि विश्वकप खेल्ने लक्ष्यका साथ ओमान पुगेको नेपाल यसपटक लक्ष्यमा सफल हुन सकेन। नेपाल र ओमानबीचको खेल अल अमेरातमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ।मंग

विश्वकप छनोटमा तेस्रो स्थानको लागि नेपाल र ओमान प्रतिष्पर्धा गर्दै

काठमाडौं, १२ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ‘ए’ अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज (बिहीबार) ओमानसँग प्रतिष्पर्धा गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपालको विश्वकप यात्रा टुङ्गिएको थियो । मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग ६८ […]

चार देशीय टी–२० क्रिकेट श्रृङ्खला : आज नेपाल र ओमान खेल्दै

चार देशीय टी-२० क्रिकेट श्रृङ्खला अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि अल अमिरात क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट श्रृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले श्रृङ्खला खेल्न लागेको हो । यो श्रृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कप छनोटको पूर्ण तयारीका रुपमा लिएको छ । नेपाली टोलीमा १७ खेलाडी छन् । आउँदो शुक्रवारदेखि सुरु हुने टी-२०...

टी–२० विश्व कप छनोट : उद्घाटनमा नेपाल र ओमान खेल्ने

काठमाण्डाै – आईसीसी विश्व कप टी–२० ग्लोबल छनोट 'ए' अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज शुक्रवार सार्वजनिक गरेको टी–२० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमानबीच उद्घाटन खेल हुने भएकाे हो । ग्लोबल छनोटअन्तर्गत नेपाल रहेकाे समूह 'ए' मा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । यी आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह १ मा नेपाल, ओमान, क्यानडा, र...

नेपाल र ओमान बीच फुटबल हुने

नेपालको पुरुष फुटबल टिमले ओमानको राष्ट्रिय टिमसंआगामी अशोज १० गते आईतवार कतारमा मैत्रिपूर्ण खेल खेल्ने भएको छ