रुपन्देही–२ : राजु गुरुङ उम्मेदवार बन्ने च्याप्टर क्लोज, के छ सर्वोच्चको आदेशमा ?

सर्वोच्च अदालतले रुपन्देही २ मा राजु गुरुङ उम्मेदवार हुन नपाउने आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङले उम्मेदवारी कायम गरिपाऊँ भनि माग गर्दै दायर रिटमा यसअघि सर्वोच्चको अन्तरकालीन गरेको आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै निवेदकको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । योसँगै गुरुङले उम्मेदवारका लागि गरेको दौड सकिएको छ ।  रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका गुरुङले उम्मेदवारी दिए